Rolwaling valley – Nepal

नेपाल मन्दिरै मन्दिरको देश भनेर पर्यटकहरुले गर्ने गरेको परिभाषा अब पुरानो भैसकेको छ । नेपालको पर्यटन क्षेत्रमा धेरै सम्भावना बोकेको क्षेत्रहरुमध्ये एक हो ताल पर्यटन । ताल प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । प्राकृतिक रुपमा नेपालमा धेरै महत्वमूर्ण स्थानहरु रहेका छन् । हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्रमा प्राकृतिक रुपमा धेरै सम्पदाहरु रहेका छन् । नेपालमा विभिन्न भागमा रहेका ताल, तलैया र कुण्डहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनमुग्ध पार्ने गरेको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण नेपालको गन्तब्यहरु मध्ये दोलखा जिल्ला पनि एक हो । दोलखा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत जनकपुर अञ्चलको उत्तरतर्फ अवस्थित एक पहाडी जिल्ला हो । यो जिल्ला नेपालको मान चित्रमा २७० २८” उत्तरदेखि २८० ५०” उत्तरी आक्षांश र ८५० ५०” पूर्वदेखि ८३० ३२” पूर्वी देशान्तरसम्म फैलिएको छ । कूल २१९१ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप जिल्ला पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको श्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ । नेपालको राजधानी काठमाडौंबाट १३३ कि.मी. पूर्वमा पर्ने यो जिल्लाको सदरमुकाम चरिकोट हो । समुद्री सतहदेखि ७६२ मी. (सितली) उचाईदेखि ७१३४(गौरीशंकर) सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ । दोलखा जिल्लामा अवस्थित प्रसिद्ध गौरीशंकर हिमालबाट यस गाउँपालिकाको नाम रहन गएको हो । दोलखा जिल्लामा रहेका अनेकन सुन्दर तालहरु मध्ये च्छोरोल्पा हिमताल यसै जिल्लाको गौरीशंकर गाउँपालिका अन्तर्गतको रोल्वालिडङ्ग उपत्यकामा रहेको छ । पदयात्राको लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलको रुपमा यो उपत्यका रहेको पाइन्छ । वि.सं. २०५३ सालतिर च्छोरोल्पा हिमताल फुट्ने हल्ला चलेपछि यसको व्यापक चर्चा शुरु भएको हो । यो हल्ला सँगै अब के हुने होला भन्ने त्रास मान्छेको मनमा फैलिएको थियो । पछि साइफनिड. प्रविधिको प्रयोग गरि च्छोरोल्पा तालको पानीको सतह घटाउनुका साथै निश्चित दूरीमा साइरनको व्यवस्था गरी धनजनको क्षतिबाट बचाउने प्रयास गरिएको थियो । त्यसपछि उक्त दुधकोशी नदीको दुबै किनारामा अवस्थित वस्तीमा भयरहित अवस्थाको श्रृजना गरिएको थियो । दोलखाको गौरीशंकर गाउँपालिकामा पर्ने च्छोरोल्पा हिमताल र दुधकुण्ड ताल अहिले पर्यटकका लागि महत्वपूर्ण आकर्षण बनेको छ ।

Rolwaling valley - Nepalतस्बिरः दावाछिरि शेर्पा

वि.सं. २०७२ सालको भुकम्पले च्छोरोल्पासम्म पुग्ने पदमार्ग क्षतिग्रस्त भएकोले यात्रामा असहज थियो । स्वीस सरकारको विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोर्पाजन सुधार परियोजना र भुकम्प आपतकालीन सहायता आयोजना अन्तर्गत पुनर्निमाण तथा स्तरोन्नति गरिदिएपछि अहिले च्छोरोल्पा हिमतालसँगै गौरीशंङ्कर गाउँपालिका १ को बेदिड. र सिमिगाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ । काठमाडौंबाट च्छोरोल्पा हिमतालको यात्रा दोलखा जिल्लाको सदरमुकामसम्म जम्मा १३२ किलोमिटर हो । ताल पुग्न काठमाडौंबाट चरिकोट हुँदै छेतचेतसम्म बसबाट यात्रा गर्नुपर्दछ । तामाकोशीको किनारैकिनार रमणीय दृश्यलाई नियाल्दै यात्रा सुरु हुन्छ । छेतचेतबाट झोलुंगे पुल तरेर २ घन्टाको ठाडो खुड्किलो उकालो लागेपछि सिमीगाउँ पुगिन्छ । २१ सय मिटरको उचाइमा रहेको सिमीगाउँसम्म पुग्न फराकिलो र व्यवस्थित पैदल मार्ग निमार्ण गरेको छ। यो गाउँमा शेर्पा र तामाड. जातिको मात्र बसोबास छ । शोर्पा, तामाड.को लुड.दराले सजिएको चिटिक्क परेका घरहरु, माने, चौतारा र हरिया जंङ्गलले गाउँको बसाई रमार्ला बनाइदिन्छ । साथै पुरानो गुम्बा छ यहाँ । गौरीशंकर संरक्षण क्षेत्रले यहाँ होमस्टे राख्नकालागि पहल गरेको छ । सिमीगाउँमा बिहानको नास्ता पछि अगाडि बढ्ने यात्रा सुमुर्चेमा पुगेर रोक्न सकिन्छ । हरियो वनजंगल, चराचुरुङ्गीको चिरचिराहत, खोलाको सुसेलीले मनोरम दृश्यहरुले यात्रामा थकानको अनुभूति नै हुदैन । जति माथि यात्रा अघि बढ्दै जान्छ उति नै मनोरम दृश्यहरु थपिँदै जान्छ । कहिले उकालो कहिले तेस्रो बाटो हुदै २४ सय ७० मिटरमा रहेका सुर्मुचेमा दास्रो दिन बास बस्नको लागि पुगिन्छ । यहाँ जङ्गलको विचमा सहजै बासको ब्यवस्था गर्न सकिन्छ । ठूला रिसोर्टहरुकै जस्तो सुविधा छ । तेस्रो दिन विहानको नास्ता पछि विस्तारै आफ्नो यात्रालाई निरन्तरता दिदै खोलाको तिरैतिर अनि जङ्गलको यात्रा अझ रोमाञ्चकारी बन्छ । सुमुर्चेबाट हिँडेको दुई घण्टामा २७६० मिटरमा रहेको क्याल्चमा पुगिन्छ ।

Rolwaling valley - Nepalतस्बिरः दावाछिरि शेर्पा

खुल्ला ठाउँमा भएकोले चारैतिरबाट हिमालका मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पनि राम्रो होमस्टेहरु संचानल गरेको छ । बाहिर खुल्ला चौरमा टेन्ट टाँगेर पनि बस्न सकिन्छ । चौठो दिन क्याल्चेमा दिउसोको खाजा खाएर बास बस्न डोड.ाड. पुग्न सकिन्छ । खोलाको तिरमा रहेको यो सानो बजारमा होटल तथा लजको ब्यवस्था राम्रो छ । खोलाको किनारामै भएकोले पर्यटकहरु बढी यस ठाउँलाई रुचाउँछन् । यहँ पनि सामान्य खालको होटल तथा लजहरु छन् । यात्राको पाँचौदिन दोड.ड.बाट पाँच घण्टाको यात्रा पछि रोलवालिड.उपत्यकाको वेदिङ्ग पुगेर बास बसिन्छ । ठाउँ ठाउँमा भेटिएका सेताम्मे झरना, गुराँसका बाटे र झोलुडे. पुलका दृश्यलाई आखाभरी राखेर अघि बढ्दा थकानको पतै हुदैन । गौरीशंकर हिमालमुनि ३७ सय मिटरमा रहेको वेदिङ्ग प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस गाउँलाई हिम मजदुरको गाउँ पनि भन्ने गरिन्छ । यस गाउँका ७५ जना भन्दा बढी आरोहीले सगरमथा आरोहण गरीसकेका छन् । २०४२ साल बैशाख २४ गते गौरीशंकर गाविसको टसीनामामा जन्मिएका तेम्बाछिरी शेर्पा सबैभन्दा कम उमेरमा सगरमथा आरोहण गर्ने विश्वकै पहिलो ब्यक्ति हुन् । उनले वि.संस २०५८ जेष्ठ ११ गतेका दिन विश्व किर्तिमान कायम गरेका हुन् । हिमालमा पर्यटकलाई गाइड गर्न पाउने अन्तराष्टिय मान्यता पाउने पहिलो नेपाली महिला ‘इन्टरनेशनल माउन्टेन गाइड’ दावा याङ्गजुम पनि यहि बेदिडङ्ग मै जन्मिएको हो । सन् २०१२ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन् ।
यस रोलवालिड. उपत्यकाको वेदिङ्ग गाउँमा काटमार वर्जित छ । जाडँरक्सी खाएर होहल्ला गर्न पाइदैन । गाउँलेहरु आफैले मिलेर बनाएको नियम छ यहाँ । प्रसिद्ध सङ्गछोलिड. गुम्बा पनि यही छ । हरेक वर्ष असार महिनामा ठूलो मेला लाग्छ । यहाँ आउने पाहुनाहरुलाई स्थानीय नाच देखाउँदै स्वागत गरिन्छ । स्थानीय आफैले बत्तीको व्यवस्था गरेका छन्, विद्यालय स्थापना गरेको छ ।
हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव शिव र पार्वतीको प्रतिकको रुपमा गौरीशंकर हिमाललाई हेरिन्छ । अहिलेसम्म धार्मिक आस्थाको कारण गौरीशंकर हिमालको आरोहण गर्न प्रतिबन्ध छ । गौरीशंकर हिमाल हेर्नकै लागि पनि पर्यटकहरु यस ठाउँमा पुग्ने गर्दछन् । उचाईको हिसाबमा यहाँ पुगेपछि एक दिन बढी आराम गरेर मात्र यात्रा अघि बढाउनु स्वास्थ्यको हिसाबले लाभदायी हुनेछ । छैठौ दिन वेदिड.मा नै आराम गरेर यहाँ रहेका ऐतिहासिक गुम्बाहरु भ्रमण गरेर समय विताउन सकिने छ। सातौ दिनको विहान खाना पछि विस्तार्रै नदीको किनारै किनारा करिब ३ घण्टाको यात्रा पछि निरन्तरता दिदै साझ बास बस्न ना गाउँ पुग्न सकिन्छ । यहाँ बाट हिमश्रृड.खलाहरुको मनोरम दृश्यावलोक गर्न सकिन्छ । बाटैभरि डाँफे, मुनाल, घोरल देख्न सकिन्छ ।

Rolwaling valley - Nepalतस्बिरः दावाछिरि शेर्पा

ना गाउँमा धेरै होटलहरु भएकोले बासको खासै समस्या छैन । रुख विरुहरु केही नभएको, चारैतिरबाट हिामालहरुले घेरिएका, जग्गाहरु ढुङ्गाको गाह्रोले घेरिएको पहिलो पटक पुग्ने पर्यटकहरुको लागि नयाँ अनुभूति हुन्छ । सबै घरहरु ढुङ्गाले सजिएको छ । सम्म फाँटमा आलु, खेती लगाएको हुन्छ । यहाँको मुख्य खेती नै आलु हो । साथै चौरी पालनबाट दूधजन्य पदार्थहरु घ्यू, छुर्पी निर्यात गर्छन । पुरुषहरु प्राय हिमाल आरोहणमा ब्यस्त हुँदा गाउँघर धानेका छन् महिलाले नै । ना गाउँमा पनि पुराना गुम्बाहरु प्रशस्त देख्न सकिन्छ । आठौंदिनको बिहान सबेरै ना बाट च्छोरोल्पा जानको लागि हिड्नुपर्छ । बिहानै यात्राको लागि निस्कँदा देखिने हिमालको मनोरम दृश्यावलोकनले मान्छेलाई निकैनै मोहित तुल्याउने गर्दछ । उकालो बाटो हिड्नु परे पनि सेताम्मे हिमालले मनै फुरुङ्ग बनाउँछ । साहसिक पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलको रुपमा प्रख्यात मानिने रोलवालिड. उपत्यकाको च्छोरोल्पा पुग्दा जिन्दगीमा सबै कुरा जितेको महसुस हुन्छ ।
च्छोरोल्पा धेरै पर्यटकहरुको गन्तब्य हो भने दुधकुण्ड धार्मिक आस्थाका कारण आन्तरिक पर्यटकहरुको सड.ख्या बढ्दै गएको छ । च्छोरोल्पाबाट तीन घण्टा हिँडेपछि दूधकुण्ड पुगिन्छ । ५५ सय मिटर उचाईमा रहेको दूधकुण्डलाई चारैतिर हिमालले घेरिएको छन् ।

Rolwaling valley - Nepalतस्बिरः दावाछिरि शेर्पा

नामजस्तै सेताम्मे यो कुण्डमा महादेवको मन्दिर छ । यहाँ वर्षमा एकपटक भदौ जनैपूर्णिमाको बेला यहाँ मेला लाग्छ । यस ठाउँलाई सगरमाथा जाने सजिलो र छोटो मार्गको रुपमा पनि लिईन्छ । च्छोरोल्पा हिमताल समुद्री सतहबाट ४,८५० मिटरको उचाईमा रहेको छ । यो हिमताल नेपालको सबैभन्दा ठूलो हिमतालको मान्यता प्राप्त गरेको छ ।सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किमी क्षेत्रफलमा रहेको र सन् १९९७ मा लिएको भू उपग्रही नक्साा अनुसार १.६५ वर्ग किमीसम्म फैलिएको देखिन्छ । यस हिमतालको गहिराई १३५ मिटर रहेका र उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ । यस हिमताललाई स्थानीयले भगवानको प्रतिकको रुपमा पूजा गर्छन् । च्छोरोल्पा हिमतालमा सुनको भाले र सेतो हाँस रहको जनविश्वास यद्यपि कायमै छ । धार्मिक हिसाबले समेत महत्वपूर्ण यो कुण्डको दर्शन गरे इच्छासिद्धि हुने विश्वास गरिन्छ । तर कुण्डमा नुहाउन नहुने जनविश्वा रहेको छ । च्छोरोल्पा ताल वरिपरि देखिने हिमश्रृड.खलाले यात्रुलाई निकैबेर अडिन बाध्य बनाउँछ । नेपालको ताल पर्यटनका विशेषतामा पनि मौलिक र विशेष भएअनुरुपम पर्यटनको प्याकेज निमार्ण गराउन सके नौलो पर्यटकीय आकर्षण बढाउन सकिन्छ ।

Rolwaling valley - Nepalतस्बिरः दावाछिरि शेर्पा

 

 

Rolwaling valley - Nepal
तस्बिरः दावाछिरि शेर्पा

 

दीपावलीका पाँच दिन

माघे संक्रान्ति