Namobuddha, Nepal

शहरको ब्यस्त जीवन अनि कोलाहलबाट एकै दिन भए पनि बिश्राम लिनको लागि काठमाडौंमा बसोबास गर्ने ब्यक्तिहरु पनि काठमाडौं वरिपरिका स्थानहरुमा भ्रमण गर्ने लहर चल्च थालेको छ । महिनाको एक दिन या दुई दिन भए पनि मान्छेहरु परिवार तथा साथीहरुसँग काठमाडौंको वरिपरिका डाँडाकाडाँहरुमा पुगि रमाउँदै गरेको भेटिन्छन् ।
काठमाडौं उपत्यकाको नजिकै हाईकिड गर्ने रमाइलो गन्तब्यको रुपमा काभ्रे जिल्लाको नमोबुद्धलाई लिन थालेको छ ।

काठमाडौंबाट करिब ५० किलोमिटर टाढा रहेको नमोबुद्ध धुलिखेलबाट १३ किलोमिटर दक्षिणमा पर्दछ । नमोबुद्ध पुग्न हरेक ब्यक्तिहरुले आफ्नो ईच्छा अनुसारको हाईकिड रुट प्रयोग गर्दै आइरहेको छ । धुलिखेलबाट हाइकिड. गर्दै र पनौतीबाट शंखु उपत्यका हुँदै पनि नमोबुद्ध पुग्न सकिन्छ । उक्त ठाउँबाट मनास्लु, लाडटाड. लगायतका मनोरम हिमश्रृंखला देख्न सकिन्छ ।

पनौतिका राजा महारथ र रानी सत्यवतीका कान्छा राजकुमार महासत्वको जीवनगाथा जोडिएको पवित्र त्यागस्थल नमोबुद्ध गन्धमान पर्वतमा रहेको छ । राजकुमार महासत्वलाई भगवान बुद्धको पूर्वअवतार मानिन्छ । शाक्यमुनी बुद्धभन्दा पूर्वकालको कुरा हो । पनौतीका राजा महारथ र रानी सत्यवतीका तीन छोरा महादेव, महाप्रसाद र महासत्व (भगवानबुद्ध पूर्वजुनि) थिए । एकदिन तीनै राजकुमार पञ्चालदेश पनौतीबाट दुई घण्टा पैदल पुग्न सकिने गन्धमान पर्वत (हाल नमोबुद्ध, दाप्चाको डाँडा जंगल) मा सधैझैँ शिकार खेल्न गएछन् । उनीहरुले पर्वतमाथि एकान्त जंगलमा एक बघिनीले पाँचवटा डमरु जन्माएर खानै नपाई अशक्त भई ह्दियविदारक स्थितिमा छट्पटाइरहेको देखेछन् । अन्य राजकुमारह शिकारी स्वभावको हुदा भोक, प्यास र पीडाले छट्पटाइरहेकी बघिनीको कुनै मतलब नै राखेनन् । तर कान्छा राजकुमार महासत्वलाई बघिनीको पिडाले दुःखित तुल्यायो र उनले दाजु तथा मन्त्रीगणको आँखा छल्दै पिडित बघिनीलाई आफ्नै शरीरको मासु काट्दै खुवाउन थाले । उता पञ्चालदेश पनौती पुगिसकेका दुई राजकुमार र मन्त्रीले पछाडि फर्कि हेर्दा कान्छा राजकुमार महासत्व देखेनन् । ढिलो समयसम्म पनि दरबार नआएपछि राजारानीसहित राजकुमार, मन्त्रीगण, सेनाको ठूलै जत्था गन्धमान पर्वत दाप्चाको जंगलमा पुग्दा राजकुमार महासत्वको हाडखोर मात्र बाँकी भेटे । त्यतिखेर बघिनी भने पुष्ट भई पुनर्जीवन प्राप्त गरिसकेकी थिई । यसरी एउटी बघिनीलाई प्राण रक्षार्थ आफ्नो ज्यान दिने महान् आत्माको सम्मानार्थ कलिगत संवत् ९७४ मा राजा महारथ र रानी सत्यवतीले गन्धमान पर्वतकै टुप्पामा हाडखोर जम्मा गरी स्तूपा बनाएको अभिलेख पाइन्छ । त्यसपछि राजा र रानीले पनि आफ्नो बाकी जीवन चैत्यसेवामा बिताउने निर्णय गरे र सुवर्ण नदीछेउ कनकमुनि ऋषि तीर्थ बगरमा कुटी बनाई तपस्या गरी बसे । तत्पश्चात् राजारानी शंखेश्वरी अजा अजिमाको नाउँले प्रख्यात बन्न पुग्यो ।

राजकुमार महासत्वले प्राण त्यागेको दिन चैत्र कृष्ण द्धाद्धशी तिथि बुद्धबार परेको हुदाँ प्रत्येक वर्ष नेपाल सवंत्को नवौ महिना गुंलाधर्मको बुधबार नमोबुद्धमा बिशाल मेला लाग्ने परम्परा छ ।

भनिन्छ , भगवान गौतम बुद्धसमेत लुम्बिनीबाट काठमाडौं भक्तपुरको नाला हुँदै हिडेर काभ्रेको दाप्चा पुगी राजकुमार महासत्वको महान् त्याग भावनाको कदर गर्दै नमोबद्ध भनी वन्दना गर्नुभएको थियो । त्यसैले आजसम्म पनि गन्धमान पर्वतको बौद्ध चैत्यलाई नमोबुद्धको नाउँबाट पुकार्ने गरिन्छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण द्धाद्धशीको दिन नमोबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दिपंकर बुद्ध, अजा अजिमां सहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । राजकुमार महासत्वको जन्मघर काशीवर्ण महाविहार हाल पनौतीको प्रसिद्ध तलेजु भवानीसँगै जोडिएको छ । धेरैजसो भक्तजन नमोबुद्धस्थल पनौतीबाट भन्दा धुलिखेलबाट दाप्चाको बसमा जाने गर्दछन् । चार कोस लम्बाई र दुई कोस चौडाई गन्धमान पर्वत आठ हजार फिट उचाईको छ । यस गन्धमान पर्वतमा कल्पवृृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुख विरुवा एवम् बाघ, भालु, बंदेल, खरायो, हरिणजस्ता सयौँ जन्तुको बसोबास रहेको नमोबुद्धमा मयूर, हाँस, वनकुखुरा लगायत पशुपंक्षी पाउन सकिन्छ ।

नमोबुद्ध चैत्यबाट माथि भ¥याङ्ग चढेर महासत्व राजकुमारले बघिनीलाई आफ्नो शरीरको मासु आफैँले काटेर खुवाइरहेका दृश्य कुदिएको छ । यस स्थानको वरिपरि लामा, महायानी गुम्बा र ढुंगाका ठूल्ठूला बुद्धमूर्ति, चैत्य रहेको छ भने मूल नमोबुद्ध महासत्व देगल समान्य नेवारी घरशैलिीको मन्दिर हरेको छ । यहाँबाट पनौती लगायतका बस्ती, हरियालीपूर्ण हिमाली भूखण्ड मनोरम दृश्यमा रमाउन सकिन्छ ।

 

photo: www.imagepasal.com

यस्तो छ मुस्ताड

भक्तपुर जस्तो बन्दीपुर