Muktinath Temple – Mustang

मुस्ताड. नेपालको पश्चिमञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको वीचमा अवस्थित छ । पूर्वमा मनाड. जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा म्याग्दी जिल्ला पर्ने यस मुस्ताड जिल्लाको कुल क्षेत्रफल ३५६.२९ वर्ग कि.मी रहेका छ । यस जिलालको सदरमुकाम जोमसोम समुन्द्री सतहदेखि २,७१० मीटर उचाइमा रहेको छ । समुन्द्री सतहदेखि २०१० मी. देखि ८१६७ मी (धौलागिरी) उचाईमा रहेको छ । यहाँको हावापानी सुख्खा ठण्डा रहेको छ ।

यहाँको धार्मिक स्थलहरुमा मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाड.), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा, मार्फा गोम्पा रहेका छन् । यहाँको पर्यटकीय स्थलको रुपमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाल, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक अिमा, टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख टुकुचे नाथांग खर्क , दामोदर कुण्ड, ढुम्बा ताल टिटी ताल सेकोङ्ग ताल रहेका छन् ।

Muktinath Temple - Mustang

मुस्ताडमा रहेको अनेका गन्तब्यहरुमध्ये हामीले यहाँ मुक्तिनाथ क्षेत्रको यात्रातिर लिएर जादैछौँ । पदयात्रा र धार्मिक तीर्थयात्रीको लागि मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्ध धर्मावलम्बीहरुको लागि उत्प्रेरणा जगाइरहेका छन् । त्यसैले वर्षेनी हजारौँको संख्यामा मुक्तिनाथ भगवानको दर्शन गर्न स्वदेशी तथा विदेशी तीर्थयात्रीहरु यहाँ जाने गरको पाइन्छ ।

मुक्तिक्षेत्रको प्राचीनतालाई हेर्ने हो भने स्कन्दपुराणअनुसार सत्य युगमा जगत्कर्ता ब्रह्माजीले मुक्ति पर्वतको मध्य भागमा गई आसन जमाएर बसी ठूलो तपस्या गर्नुभएको र पानीमा सर्वकल्याण हेतु एउटा महायज्ञ गर्ने विचार गर्नुभयो ।

अग्नि र जलको अवस्थित आपसमा मेल खाने नभएता पनि ब्रह्माजीको आह्वानले ब्रह्माजीले आयोजना गर्नुभएको यस महायज्ञमा विष्णु, महेश्वर, इन्द्र आदि दश दिक्पालसमेत समस्त देवता गण, ऋषि महर्षिहरु, यक्ष, गन्धर्व, किन्नर, सिद्धगण एवं अप्राागण सम्मिलित भएर यज्ञकार्य सम्पन्न गरेका हुन् । उक्त यज्ञ सम्पन्न गर्न आवश्यक सामाग्रीहरु जुटाउने र गर्नृुपर्ने कामको जिम्मा देवताहरुले नै लिएका थिए । ब्रह्मा, विष्णु र महेश्वरादि देवतागण आफै यज्ञकर्ता बनेका थिए भने हविर्भुक् अर्थात यज्ञको भाग पाउने वा ग्रहण गने पन िदेवता नै भएकोले यहाँको यो यज्ञविधिवा यज्ञप्रक्रिया आफैमा एक विशिष्ट प्रकृतिको थियो । प्राचीन समयमा कुनै ठूलो असाधारण वा अलौकिक कार्य गर्नुपरेमा पहिले ठूलो यज्ञहरु सम्पन्न गरिन्थे र यसबाट शक्ति, सामथ्र्य वा आशीवार्द पाई महान् कार्यहरु प्रारम्भ गरी सम्पन्न गर्ने गरेका कथा एवं उदाहरणहरु धेरै छन् । ब्रह्माजीलाई सृष्टिको काम सम्पन्न गर्न यज्ञबाट शक्ति प्राप्त गर्नुपरेको थियो । यस्तो महान्तम यज्ञकार्य सम्पन्न गर्नका लागि उपयुक्त स्थानकोे खोजी गर्दा ब्रह्माजीलाई प्रस्तुत मुक्तिपर्वत नै सर्वश्रेष्ठ एवं पावन स्थल ठहरिन आयो –

मुक्तिहेतोः कृतो यज्ञो ब्रह्मणा योगसंज्ञकः ।
मुक्तिक्षेत्रमिति ख्यातं तस्माल्लोके घटोद्भाव।।

यसैले स्पष्ट हुन्छ कि कालीगण्डकीको उद्गमस्थल मुक्तिपर्वत महान् पवित्रभूमि, तीर्थस्थल रहेछ, ब्रह्माजीले सबै ठाउँमा खोज्दा यसै भूमिलाई उत्कृष्ट यज्ञस्थलको रुपमा पाउनुभयो । प्राचीन ग्रन्थहरुमा यो क्षेत्रलाई मुक्तिक्षेत्र भन्ने नै उल्लेख भएको पाइन्छ । मुक्तिनाथ मुक्तिक्षेत्रकै अर्को नाम हो । मुक्ति क्षेत्र तीर्थ धेरै प्रख्यात हुँदै जाँदा, बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ र विश्वनाथजस्ता ठूला तीर्थहरु सरह मुक्तिक्षेत्र पनि भएकोले यिनै तीर्थहरुको हिसाबमा नाथ शब्दलाई जोडिई मुक्तिनाथ भएको हुनुपर्छ भन्ने विश्वास गरिन्छ । यसरी प्राचीनताको हिसाबले मुक्तिक्षेत्रको ईतिहास करिब २००० वर्ष पुरानो अनुमान गरिएको छ । मुक्तिक्षेत्रमा जानाले र दर्शन गर्नाले परलौकिक जीवना मुक्ति पाइन्छ भन्ने हिन्दूहरुको विश्वास रहेको छ । हिन्दू र बुदिष्टहरु बीच धार्मिक सामान्जस्ता कायम गर्न सफल यस पवित्र तीर्थस्थलकोवारेमा स्कन्धपुराणमा मुक्ति क्षेत्र, हंसतीर्थ या यक्षकुण्डमा गई भक्तिपूर्वक डुबुल्कु मारी प्राण त्यागेमा ७ जन्मदेखि संचित पाप नासिने कुरा उल्लेख भएको छ । दशहरा वा मकर संक्रान्तिका दिन स्नान गरेमा सबै पाप मुक्ति हुने, मुक्तिनाथ मन्दिरमा पुगेर भगवान शंकरको जप,दान, पूजा, होम गरेमा जन्म मृत्युको पुनारावृत्ति नहुने, स्त्रीजातिले इच्छा गरे अनुसारको बर प्राप्त गर्ने आदि विश्वासमा वर्षेनी भक्तजन प्रतिकुल प्राकृतिक परिस्थितिसँग संघर्ष गर्दै मूक्तिक्षेत्रमा जाने गर्दछन् । प्राचीनकालम मुक्तिनाथमा कुनै मन्दिर वा मूर्ति स्थापना भएको बुझिँदेन । हाल मुक्तिनाथ क्षेत्रमा कैँयौ हिन्दू प्रधान मन्दिरहरु रहेक छन् । यहाँ बौद्ध गोल्पा, १०८ गौमुखी धारा, पाटी पौवा, र किल्लाका भग्नावशेष र गुफाहरु पनि रहेका छन् । मुक्तिनाथ मन्दिर यहाँ रहेको सबैभन्दा महत्वपूर्ण नेपाली पेगोडाशैलीमा ८ फिट लम्बाइ, ८ फिट चौडाइ र १४ फिट उचाइ भएको तीनतले मुक्तिनाथ मन्दिर पित्तल पाताको छानामा सुन मोलम्बा भएको गजुरसहित अति आकर्षक रुपमा रहेको छ । अभिलेख अनुसार यो मन्दिर वि.सं. १८७१ मा गरिएको हो । मन्दिरभित्र २ फिट १० इन्च तामाको ढलौट गरको विष्णुको मूर्ति रहेको छ । साथमा सरस्वती २ फिट १० इन्च, लक्ष्मीको २ फिट १० इन्च र गरुडको १० फिट ढलौटका मुर्तिहरु छन् । मुक्तिनाथको सर्वोत्तम नमूना भनेको यहाँको ज्वालाजी हो । ज्वालाभाइ मानिने यस ठाउँमा पृथ्वीबाट अग्निी ज्वाला निस्किरहेका देख्न सकिन्छ । कालान्तरमा बौद्ध माग्रीहरुले गोन्पाद्धरा ज्वालालाई ढाकेको देखिन्छ । यो बुद्धिष्टहरुको ठूलो तिर्थस्थलको रुपमा रहेको पाइन्छ । ज्वालाजी क्षेत्रमा कैँयौ गोन्पाहरु छन् । ती गोन्पाहरुमा पद्यम सम्भव, बज्रपाणी , मञ्जुघोष, आर्दि बौद्ध मूर्ति सजाइएका छन् । प्रमुख गोन्पाको रुपमा नृसिंह गोन्पा रहेको मानिसको जीउ र सिंहको टाउको भएको बुद्धिष्ट देवता रहेको छ । यहाँ गोन्पाका १ प्रमुख लामा अन्य झ्योमोहरु –भिक्षुणी) पालैपालो नित्यकर्म गर्दछन् । मुक्तिनाथ क्षेत्रमा शिव पार्वतीको मूर्ति रहेको छ । मुक्तिनाथको दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई सुविधा दिने उदेश्यका साथ यो ठाउँमा कैँयौ पौवाहरु समेत बनाएका छन् ।यी पौवाहरु मुक्तिनाथ र झारकोटबीचमा रहेको पुराड. गाउँमा रानी सुवर्ण प्रभाबाट वि.संं १८६३ मा निमार्ण गरिएको विहार शैलीको ढुङ्गाको गाह्रोयुक्त १५० यात्री अटाउन सक्ने पौवा एक मानिन्छ । यसैगरी मुक्तिनाथको उत्तरी छेउमा मुल ढोका अगाडि १ तले टहरोको रुपमा सानो भुइतले पौवा रहेको छ । यहाँ जोगी बसने र २ कोठाहरु समेत रहेका छन् । शिवालयको छेउमा अर्को २ तले पौवा समेत रहेको छ । तीर्थयात्रीहरुलाई नुहाउन सजिलो होस भन्ने उद्देश्य राखेर ढुङ्गाको अग्लो पर्खाल बनाईत्इसको माथि पानीको समान अनुपात बनाई १०८ धाराहरु खाइएको छ । धाराहरुबाट जम्मा भएर आएका पानीलाई एउटा पोखरीमा पु¥याइएको छ, जसलाई हंशीतीर्थक वा यथ तीर्थ भनिन्छ ।
हिन्दू मात्रको ४ वैष्णव क्षेत्रहरुमा हरिहर क्षेत्र, वराह क्षेत्र, रुरु क्षेत्र र मुक्ति क्षेत्र पर्दछन् । ऐतिहासिक कालदेखि नै टाढा टाढाबाट भक्तजन, महात्मा तपस्वी योगी आदि दर्शनको लागि आउने गर्दछन् ।

खासगरी चैतेदशै, रामनवमी, ऋषितर्पणी, जनैपुर्णिमा र वडा दशैमा दर्शनार्थीहरुको घुइचो लाग्दछ । तीर्थयात्रीहरुको लागि मुक्तिनाथ मन्दिरको ढोका सधै खुल्ला हुन्छ । हिजो अजा मुक्तिनाथ धार्मिक आस्थाले मात्र नभएर प्राकृतिक सुन्दरता, हिमाल ताल तथा यहाँको मनोरम दृश्यहरुको अवलोकन गर्न युवाहरु पनि आकृषित हुन थालेको छ । तपाई पनि मुक्तिनाथको यात्रा गर्ने सोचमा हुनुहुन्छ ? कहाँ खाने बाटो कस्तो होला भन्ने दुविधामा हुनु हुन्छ भने अब यस्तो समस्या हुने छैन किनभने हिजो आज काठमाण्डौँमा नेपालीको लागि पनि टुर अपरेटरहरु आजभोली प्याकेज बिक्री गर्न थालेका छन् । नेपालीहरुको घुम्ने बानीको विकास हुदै गएको आजको परिप्रेक्षमा एक्लै वा ब्यक्तिगत रुपमा याात्रा गर्दा विभिन्न व्यवस्थापकीय समस्याहरु आइपर्ने भएकोले नेपालीहरुको लागि पनि टुर प्याकेजको व्यवस्था गरिएको ऐक्स्पेरियन्स आउट डोर्स नेपाल प्रा.लिका निर्देशक रबिन्द्र महर्जनले जानकारी दिए । नेपालका विभिन्न धार्मिक तथा प्राकृतिक गन्तव्यहरुको लागि विभिन्न प्रकारका प्याकेज बनाएर बिक्रीवितरण गरिरहेको छ । जस्मध्ये एक मुक्तिनाथ प्याकेज हो ।

Muktinath Mustang

यातायात

काठमाडौं ( बेनी २८२ किमि । काठमाडाँैको कलंकीबाट गाडिमा ९ घण्टा । बेनी (जोमसोम ७५ किमि । जोमसोम मुक्तिनाथ २२ किमि । पोखरा जोमसोम हवाई यात्रा गर्न सकिन्छ ।

कोसेली

स्याउको सुकुटी, जिम्बु, शालीग्राम, खुर्पानीको सुकुटी, आलु, स्याउ, स्याउको रक्सी, दाल र गेडागुडी जोमसोम र मार्फामा पाइन्छ । रानीपौवा बजारमा ध्वजापताका, डोरी, चुरा, सिन्दुर आदि ।

Mustang Marpha Apple

pc: ImagePasal.com

यसरी भयो सगरमाथाको नामाकरण

मनै लोभ्याउने नमोबुद्ध