mothers-day

देवताहरुको बारेमा मानिसहरुको धारण अनेकन पाइएको छ । आजको यस विशेष दिन हामीले जीवित देवताहरुलाई सम्झने प्रयास गरेका छौं ।
“………..मातृदेव भव।। पितृदेव भव।।
आचार्यदवो भव।। अतिथिदेवो भव।।…….”

प्राचीन वैदिक कालदेखि नै चार जीवित देवताहरुको सम्मान गर्न प्रेरित गरिएको पाइन्छ । १.माता, २. पिता, ३. आचार्य, ४. अतिथि ।
हरेक वर्षको बैशाख कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने चलन छ यस घडीलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्तिभावमा ब्यक्त गरेर सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिएको हो । यो पर्व पौराणिक कालदेखि मनाइदै आएको हो । आजको दिन आमाप्रति दिनहुँ जसो गरेको सम्मान भन्दा विशेष सम्मान गर्ने दिनको रुपमा लिइन्छ । यिनै आमा जस्ले हामीलाई संसार देखाइन्, पाईला चाल्न ताते ताते गर्न सिकाइन, गर्भमा राखेर ९ महिना पेटमा बोकेर गाह्रो सारो परिस्थीतिमा प्रसहवको पिडा सहेर जन्माइन, काखमा राखेर पालिन । देवीको प्रतिरुप अनि ममताको खानी बनि वालापनमा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहना पुरा गरिदिने तिनै सम्पूर्ण आमाहरुको नाममा समर्पित छ यो पर्व ।

यो दिन विहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेटन पुग्छन् । विवहा गरेर कर्म घर गएका छोरीचेटीहरु मिठा परिकार सहित माइतपुग्दछन् ।

काठमाण्डौंका आमा नभएका नेवार समुदायहरु कोहि भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् भने कोहि यस दिन थानकोट बलम्बुस्थित मातातीर्थ कुण्डमा नुहाउने, श्रद्धा, दान, पितृतर्पण गर्ने परम्परा रहेको छ ।
मातार्थि गोपालकाली राज्यव्यवस्थाको प्राचीन राजधानी मानिन्छ ।

पौराणिक किंवदन्ती
यहाँको बारेमा अनेकन विंवदन्ती हरु पाइन्छ । जस्मध्ये एक हो श्रीराम वनवासका क्रममा घुम्दै जाँदा हाल मातातीर्थ रहेको स्थानमा पुगेछन् । उनलाई अपपिरचत र नौलो देखेर स्थानीयले आक््रmमण गरे । त्यसपछि श्रीराम र उनीहरुबीच घमासान युद्ध भयो । युद्ध दुवै पक्ष आकुलव्याकुल भएका थिए । त्यसबखतमा माता सीतालाई प्यास लाग्यो । प्यास मेटाउन पानी कहीं नभेटिएपछि , भगवान् श्रीरामले गंगामाताको स्तुति गरे । उनले “माता गंगासमो तीर्थ पिता पुस्कर मे वच” भन्ने मन्त्र जप गरी जमिनमा वाण प्रहार गर्दा कुण्ड बन्यो । त्यहाँ माता सीताले राहा ब्रम्हाण्डको दर्शन पाइन् । सीाताको रुप ढुंगामा कोरिन पुग्यो । घना जंलमा गाई चराउन आएका गोठाला उक्त कुण्ड नजिक बसेर खाजा खान थाले । अचम्म के भयो भने यहाँ उनीहरुले खाइरहेको खाजा मुखमा नपरी कुण्डमा जान्थ्यो । कुण्डमा के रहेछ भनेर हेर्दा उनीहरुले त्यहाँ सीताको दर्शन पाए । घर फर्कन नमानी गोठालाहरु त्यहीं बस्ने निर्णयमा पुगे । अनि उनीहरुले आमालाई पनि सँगै बस्न आग्रह गरे । तर सीता माताले मानिन् उनले दर्शन गर्ने भए वैशाख औंसीको दिन आउनू भनेर त्यहाँबाट अलप भएकी दिइन् । त्यसपछि उक्त ठाउँको नाम मातातीर्थ रहन गएको जनविश्वास छ ।

अर्को किंवदन्ती अनुसार आमाको मृत्यु दुःखि एक गोपाली महिला रुँदा रुँदा जब यस स्थानमा आई सुस्ताईन तब त्यहा रहेको कुण्डमा आफ्नी आमाले उनलाई दर्शन दिइछन् रे, त्यो दिन बैशाख औशीको दिन थियो । मृत्युलोककी आमाले कुण्डमा दर्शन दिएको दिन स्मरणमा आजसम्म पनि आमा नहुनेले सो दिन मातातीर्थ नहाउन जाने परम्परा कायमै रहेको छ । भनिन्छ, राजा विष्णुमल्लले ने.सं. ८५१ म बाह्रओटा ढुंगेधारा निमार्ण गराएका थिए । साथै यहाँ पोखरीको छेउमा ने.सं. ८३२ मा स्थापित महालक्ष्मी पिठ भिक्षु धम्मवंश र श्रावणेर बुद्धिसागरको सकृयतमा वि.सं. २०३४ मा स्थापित चतुबम्ह विहार रहेको छ । स्वर्गीय संघनायक भिक्षु अनिरुद महास्थविरद्धारा ने.सं. ११२० ज्यापून्हिका दिन आफ्नी आमा दिब्यलक्ष्मी शाक्यको स्मरणमा एक घरशैलीको आनन्दकुटी बुद्धविहार निमार्ण गरिएको छ । साथै यहाँ गुरु नारायणबाबाद्धारा वि.सं.२०५९ सालमा स्वस्थानी पूर्णमस्ताको मन्दिर निमार्ण गरिएको छ । ईश्वर एउटै छ बाटो मात्र फरक पर्दैमा वैमनश्यता र विभाजन भयो भन्न नहुने गुरु नरनारायणको आशिरवचन विश्वमा फैलाउने उदेश्यले स्वस्थानी माताको मन्दिर निमार्ण पश्चात यस स्थान मातृऔसीको दिन नुहाउने मात्र नभई वर्तमान समयमा यस पवित्र ठाउँ धामको रुपमा विकास हुदै गईरहेको छ ।

नेपाल भरिनै आमा नहुनेले विहानै तीर्थ वा नजिकको खोलामा गएर नुहाएर तिल जौ र शुद्ध जलले तर्पण गर्ने परम्परा रहेको छ । पितृलाई तपर्ण गर्नुको अर्थ पितृलाई पानी खुवाउनु हो । हाम िजीवत मानवको एक वर्ष दिवंगत पितृहरुको एक दिन बराबर हुन्छ यस कारण पनि तर्पण दिनुपर्ने नेपाली हिन्दूहरुको जनविश्वा रहेको छ ।
बैशाख औंसीका दिन कुण्डभित्र आमाले दर्शन दिएको हुँदा यस दिनलाई मातातीर्थ औंसीको रुपमा नुहाउन जाने गर्दछन् ।

आमाको महिमा अपार छ, जति गाए पनि सकिँदैन । आमाको त्याग, तपस्या, समर्पण र उपकार अनि आर्शिवादबाट नै आज हामी यो रुपमा खडा भएका छौं । एउटी आमाले हामीप्रति गरेको उपकारको साटो हामीले आमाािलई दिने केही पनि छैन । जीवनभर जति सेवा गरे पनि आमाको अविभारा चुक्ता गर्न सकिँदैन । आमा धरती हुन् । हामी उनका साना सन्तान मात्र हौं । त्यसैले हामी अनुग्रहित मुद्रामा आमाले गरेको समर्पणका लागि जीवित आमाको मुख स्नेह पूर्वक हेछौं । कर्तव्यले पाउँ ढोग्छौं र श्रद्धाले उहाँलाई मिठो मसिनो खाना खुवाउँछौ र आमाको मुखमा उज्यालो छर्ने प्रयास गर्दछौ । भनिन्छ आमाको गुणलाई भित्री हृदयदेखि स्मरण गर्नेले आमालाई कुण्डमा मात्र होइन हावा, प्रकाश र प्रकृतिको जातासुकै देखिन्छ ।

 

विस्का जात्रा बोडेको जिब्रो छेड्ने

ललितपुर हिन्दूसर्किट - भाग १