Mata Tirtha mela

बैशाख कृष्ण अमावास्या तिथिलाई ‘मातृ—औँसी’ भन्दछन् । शास्त्रमा आमालाई देवता भनिएको छ । माृदेवो भव । आमालाई तीर्थ मानिएको छ । माता गङ्गासमं तीर्थ, माता तीर्थ पुनः पुनः ।। माता भागीरथी गङ्गाजीसमात तीर्थ हुन् । माता समस्त तीस्वरुप हुन् र स्वर्गभन्दा ठूली गरिमामय हुन्छिन् ।

यिनको सेवा आदर गर्नाले ठूला पुण्य मिल्छ र मातााको आशीर्वादले सन्ततिको सदैव कल्यान हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख भएका पाइन्छ । छोरा छोरी भनेको आमा बुवाकै प्रतिरुप हो । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफूलाई चिन्नु हो । विगत नियाल्दै प्रगतिपथमा लम्कनु हो ।

त्यसैले हिजोलाई हामीले कहिल्यै विर्सनु हुदैन, हिजोलार्य सतत स्मरण गर्दै हामीले आफूलाई डो¥याउनु पर्दछ । यसै तथ्यको परिप्रक्ष्यमा मातृ एवं पितृ दिवसलाई लिन सकिन्छ । यी दुवै दिवस अमावस्याको दिन मनाइन्छ । मातृदिवस बैशाखकृष्ण अमावस्यको दिन तथा पितृदिवश भादैकृष्ण अमावस्याको दिन निर्णयसिन्धुका अनुसार अमावस्यको रात अधिपति हुन् पितृ ।

मानिसहरुले आफ्ना आमा बाबुहरुको सम्झना खासगरी जीवनको अन्धकारमय समयमा गर्ने हुँदा अमावस्याका दिनमै ती दिवै दिवसहरु मान्ने गरिएको देखिन्छ । यो दिनमा आमाको पूजा, ढोग दर्शन गर्ने, मिष्ठान फलफूल र नयाँ वस्त्र समर्पित गरेर तृप्त गराउने चलन रहिआएको छ ।

आमा बुवा नहुनेहरुले काठमाण्डौँ उपत्यकाको दक्षिण पश्चिमको डाँडाको पहाडको फेँदीमा अवस्थित मातातीर्थ मा मातृऔसीको दिन स्नान गरी तर्पण दिने र श्राद्ध गर्ने प्रचलन रहेको छ । मातातिर्थ गोपालकालीन राज्यव्यवस्थाको प्राचीन राजधानी मानिन्छ । एक आख्यान अनुसार आमाको मृत्यु दुःखि एक गोपाली महिला रुँदा रुँदा जब यस स्थानमा आई सुस्ताईन तब त्यहा रहेको एउटा कुण्डमा आफ्नी आमाले उनलाई दर्शन दिइछन् रे, त्यो दिन बैशाख औशीको दिन थियो । मृत्युलोककी आमाले कुण्डमा दर्शन दिएको दिनको स्मरणमा आजसम्म पनि आमा नहुनेले सो दिन मातातीर्थ नुहाउन जाने परम्परा कायमै छ । भनिन्छ राजा विष्णुमल्लले ने.सं. ८५१ म बाह्रओटा ढुंगेधारा निमार्ण गराएका थिए । पोखरीको छेउमा ने.सं. ८३२ मा स्थापित महालक्ष्मी पिठ भिक्षु धम्मवंश र श्रावणेर बुद्धिसागरको सकृयतामा वि.संं. २०३४ मा स्थापित चतुबम्ह विहार रहेका छ । स्वर्गीय संघनायक भिक्षु अनिरुद महास्थविरद्धारा ने.सं. ११२० ज्यापून्हिका दिन आफ्नी आमा दिब्यलक्ष्मी शाक्यको स्मरणमा एक घरशैलीको आनन्दकुटी बुद्धविहार निमार्ण गराउनुभएको छ । त्यसैगरी यहाँ गुरु नारायणबाबाद्धारा २०५९ सालमा स्वस्थानी पूर्णमस्ताको मन्दिर निमार्ण पश्चात यस स्थान मातृऔसीको दिन नुहाउने मात्र नभई धामको रुपमा विकास हुदै गईरहेको छ । ईश्वर एउटै छ, बाटो मात्र फरक पर्दैमा वैमनश्यता र विभाजन भयो भन्न नहुने गुरु नरनारायणको आशिरवचन विश्वसमाजमा पु¥याउने उदेश्यले स्वस्थानी माताको मन्दिर निर्माण गरिएको हो । प्राकृतिक विन्यासको उत्कृष्ट नमूना यस क्षेत्रमा थानकोट चोकपोष्ट मातातीर्थ मच्छेनारायण १ दिने हाईकिड. गर्न सकिन्छ । हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्ने मातातीर्थ चेकपोष्टबाट बाया दक्षिण गोरेटो हिँड्ने । आधा घण्टामै मातातीर्थ (१६०० मि.) पुगिन्छ । त्यहाँबाट गाउँको बाटो हुँदै एक घन्टामा मच्छेनारायण (१५०० मि.) पुग्न सक्छौ । यहाँबाट पुष्पलाल पार्कबाट कीर्तिपुरको भत्क्यापाटीसम्म हिँड्ने । यसरी करिब १२ किमि र ४ घण्टाको पदयात्रा गर्न सकिन्छ । यस यस हाईकिड.को बारे थप जानकारी लिन ऐक्स्पेरियन्स आउटडोर्स नेपालमा सम्पर्क गर्न सक्नु हुने छ ।

Matatirtha Hiking

चम्पादेवी हाईकिड रुट

स्वर्गद्धारी: एउटा पवित्र पर्यटकिय स्थल