ganesh chaturthi

चथाः अर्थात गणेश चतुर्थीको पौराणिक कथा

गणेश चतुर्थी हिन्दुहरुको एक प्रमुख उत्सव हो । यो उत्सव भारतको महाराष्ट्र लगायत अन्य स्थाना निकै धूमधामले मनाइन्छ भने नेपाल भरिका सम्पूर्ण हिन्दूहरुले पनि मनाइन्छ । त्यसैगरी नेवारहरुले चथाः को रुपमा मनाउने परम्परा रहेको छ ।

पुराणनुसार

शिवपुराणमा भाद्रपद महिनालाई कृष्ण पक्षको चतुर्थीको मंगलमूर्ति गणेशको अवतरण तिथि भनिएको छ जबकि गणेशपुराणका मतानुशार यो गणेशावतार भाद्रपद शुक्ल चतुर्थीमा भएको थियो ।

कथाहरु

ब्यक्ति हेरी तिमा निहित बौद्धिक कुशलता होस् या कार्य कुशलता सबैको लागि आदरको कुरो हुने हुन्छ । यसै कारणले गर्दा हाम्रो धर्म, संस्कृतिमा विभिन्न प्रकारका देवी देवताहरलाई पूजोपासना गर्ने गरी आएका छन्, चाहे त्यो असल होस वा त्इसको विपरित । संहारकर्ताको रुपमा मान्य शिव रुद्रलाई पनि महादेवको रुपमा पूजागर्ने हाम्रो परम्परा छ । शिव रुद्रलाई चोका सरदाको रुपमा पनि लिइएको छ । वैदिक साहित्य उक्त कुराको साक्षी स्वरुप छ । मनुष्य जीवनको सफलताको लागि नभई नहुने द्धिगुण यथा ऋद्धि एवं सिद्धिका दाता हुँदा गणेश लाई यद्यपि उनी रुपवान नभएका पनि देव, मनव सबैद्धारा सर्वप्रथम पूजा गरिने भयो । आफ्नो घरको भित्ता फोरी धनमाल चोरेर लैजाँदा भित्ता फोरेरको ढाँचा अवलोकन गरी चोरको कार्यकुशलताको तारीफ गरेको कुरा मृच्छटिकम् नाटकको अध्ययनमा स्पष्टताः जानिन्छ ।
भाद्रशुक्ल चतुर्थीको दिन प्रत्येक वर्ष मनाइने गणेश चौठीको चाडलाई लिन सकिन्छ । यो दिन राती चन्द्रदर्शन गर्नु हुदैन । यो दिन चन्द्रदर्शन गरेमा चोरकिको बात लाग्छ भन्ने कथन छ । भगवान् बासुदेव कृष्णलाई पनि यो दिन चन्द्रदर्शन गरेको कारण चोरीको बात लागेको थियो । पछि श्री कृष्णलाई यस कुराको जानकारी देवर्षि नारदबाट प्राप्त भएको थियो ।

भाद्रुक्ल चतुर्थीको दिन चन्द्रदर्शन किन गर्नु नहुने बारे पुराणमा एक आख्यान वर्णित छ । त्यस आख्यानको अध्ययनबाट यस यथार्थताको स्पष्ट जानकारी मिल्छ कि कसैको पनि सवरुपमालई लिई तिनलाई हेला गर्नु हुदैन, यदि त्यस्तो गरिएमा त्यसको राम्रो प्रतिफल कहिल्यै हुँदैन । एक महान् ऋिषि जसको शरीर आठ स्थानमा वक्र भउको हुँदा अष्टावक्र नामले ख्यात भए । एक समय उनी राजा जनकको विद्धज्जनहरुको सभामा उपस्थित हुँदा तिनको वक्र शरीरलाई देखेर सबैजसो त्यहाँ सभामा उपस्थित विद्धज्जहरु खिल्ल हाँसे । सभाका उपस्थित विद्धाहरुका उपर्युक्त व्यवहारको कारण अष्टावक्र ज्यादै क्रुद्ध भई मैले त यो विद्धानहरुको सभा होला भनी ठानेको थिएँ, तर त्यस्तो रहेनछ । यो त खाली तुच्छ सोच भएका ब्यक्तिहरुको सभा रहेछू भनी तिनले आफ्नो आक्रोश पोखे । आफूले बोलेको कुराको स्पटिकरण उहाँले यसरी दिए ूत्यहा उपस्थित विद्धानहरु खलि छालालाई चिन्छन् न कि तिनमा निहित आत्मा एवं तिनका गुणलाई, भन्नुभएको मतलब विद्धान्ले त मनुष्यको वाह्य स्वरपलाई होइन बल्कि तिनमाका भित्री अन्तरात्मा तथा गुण समूहलाई चिन्नु जरुरी छू ।

उपर्युक्त कथानहित मिल्दोजुल्दो अर्को एक पौराणिक आख्यान पनि छ । देवताहरमा ज्यादै सुन्दर मानिने सोम (चन्द्रमा)ले एकपटक भाद्रशुक्ल चर्तुर्थीको दिन गणेशलार्य अति नराम्रो भनी हेलाँ गर्दा गणेशले तिनलाई जसले भाद्रशुक्ल चतुर्थीको दिन देख्छ । त्यस ब्यक्तिलाई चोरको दोष लागोस् भनी श्राप दिए । गणेशको त्इस प्रकारको महाश्रापको कारण चन्द्रमा लाजले कसैले नदेख्ने गरी कमलपोखरीको तल लुक्न जान बाध्य भयो । पछि श्रृष्टिकर्ता ब्रह्माको कथनानुसार तिनले भाद्रशुक्ल चतुर्थी भनौ गणेश चतुर्थीका दिन ब्रत गर्नुको साथै पूजन गरी गणेशलाई सन्तुष्ट पारे । चन्द्रमाले गणेशसँग उहाँले आफूलाई दिएको श्रापबाट निर्मुक्त हुनुको साथै आफू सबैको लागि पहिले जस्तै दर्शनीय हुने वर मागे । चन्द्रमाको यस अनुरोधलाई पहिले त गणेशले मानेनन् । तर पछि ब्रह्मा सहित सम्पूर्ण देवताहरुले चन्द्रमालाई उपर्युक्त श्रापबाट मुक्त गरियून भनी अनुनय विनय गर्दा गणेशले एक शर्तमा उक्त श्रापबाट निर्मुक्त गर्ने वचन दिए । त्यो शर्त हो । जुन ब्यक्तिे भाद्रशुक्ल चर्तुर्थीको दिन चन्द्रमाको दर्शन गर्दछ त्यो व्यक्ति वर्ष पर्यन्त वृथा अपयशको अवश्य भागी हुन्छ । तर जसले शुक्लपक्षको पहिलो तिथिमा यानी भाद्रशुक्ल द्धिदीयाको दिन पहिले नै चन्द्रदर्शन गर्दछ, तिनले फेरि यदि चतुर्थीको दिन पनि चन्द्रदर्शन गरेमा उनी मिथ्यापवादको भाजन हुँदैन ।

उपर्युक्त आख्यानको अध्ययनबाट यस कुराको स्पष्ट जानकारी मिल्छ कि गणेशले देवताहरुमा सुन्दरतममध्येका चन्द्रमालाई भाद्रपदशुक्ल चतुर्थीको दिन कसैले देखेमा तिनलाई चोरको दोष लागुन् भनी श्राप दिएका थिए । चन्द्रमालार्य श्राप दिंदा तिनलाई देख्ने ब्यक्तिलाई चोर दोष लागोस् भनी श्राप दिनुको अर्थ के हो ? एकको अपराधमा दोस्रोलाई दण्ड दिने कार्य भएन र त्यसले ? विचारणीय छ । तर गणेशारा सोमलाई दिइएको श्रापबाट यस कुराको शिक्षा हामीलाई प्राप्त भएको छ कि मानिसले सङ्ग्त भने कुारको आचारवान् व्यक्तिसित गर्नु जरुरी छ, न कि आचारहीन व्यक्तिसित । खराब आचारणको व्यक्तिगतसित सङ्गत गर्नुमात्र होइन, त्यसको दर्शन मात्र पनि दुःखको कारण हुने हुन्छ । यही नै उक्त श्राप दिनाको मुख्य मनसाय हो । यहाँनिर यो प्रश्च उठ्नु स्वभाविक छ कि सुन्दरतम देवता सोममा के दोष छ, भन्नुको मतलव के उनी पनि चोर हुन् ? जसको कारण तिनलाई देख्तैमा चोरको दोष लाग्ने हुन्छ । यसको कुरोको उत्तराको लागि अर्को एक पौराणिक आख्यानको सहारा लिनु आवश्यक भएको छ । त्यस आख्यान अनुसार सोमले आफ्नै गुरु बृहस्पतिकी सुन्दर पत्नीलाई हरण गरी उनीबाट तिनले बुधलाई पुत्रको रुपमा प्राप्त गरेका थिए । उपर्युक्त गणेश चतुर्थीको आख्यानमा उक्त दिन चन्द्रदर्शन गरेमा चोर दोष लाग्ने जुन कुरोको वर्णित छ । यसको पृष्ठभूमिमा प्रस्तुत आख्यानमा प्रदर्शित चन्द्रमाको चोर कार्य निहित भएको स्पष्टताः लाग्दछ । यी कारणले गर्दा गणेश चौठीको दिन बेलुका पूजा गर्दा चोर द्यौतालाई पूजा गर्ने भनी पूजा गर्ने गरिन्छ । यद्यपि चन्द्रमाले चोर कार्य नै गरेको हो तथापि तिनको अभावमा सम्पूर्ण ब्रम्हाण्ड नै अन्धकारमय हुने हुँदा मानिसहरुले तिनलाई चोर मानेर पनि पूजा गर्ने गरे । यसरी भाद्रशुक्ल चतुर्थीको दिन एकातिर गणेशको ब्रत बसी तिनको पूजा उपासना गर्ने कार्य गरिन्छ भने अर्कोतिर चन्द्रमालाई चारे द्यौता मानी तिनको पूजा गर्ने गरिन्छ । उक्त दिन बेलुका कुुकुरको बथान भुक्न थालेपछि मात्र चन्द्रमाको पूजा गर्ने कार्य हुन्छ । कुकुरको बथान भुक्नुको अर्थ सम्पूर्ण देवताहरुल आई चन्द्रमा श्रापबाट निर्मुक्त भएको भनी दर्शाएको भन्ने जन विश्वास रहि आएको छ ।

लेक लाग्नुको कारणहरु र यसबाट बच्ने उपायहरु बारे छलफल डा. विश्व दवाडी सँग

वडा दशैँ र बलि प्रथाको प्रसंग