gokarneshor

मातृ देवो भव ।
पितृ देव भव ।।
गुरु देव भवो ।।।
अर्थातः आमा, बुवा, गुरु सबै भवनान् हुन ।
कुशे औंशी लाई बुवाको मुख हेर्ने औशी पनि भनिन्छ । आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिनको रुपमा लिइन्छ । कुशे औंशीका दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले पिताको पुजा गरेर मुख हेरेर मिठाई, फलफूल, कपडा लगायतको सामाग्रीहरु उपहार दिने र परदेशमा हुने छोराछोरीहरुले फोन तथा इन्टरनेटको माध्यमबाट पनि बुवाको मुख हेर्ने उपहार दिने गर्दछन् । भौतिक रुपमा अस्त भइसकेका पिताकाहरुलाई छोराछोरीहरुले विभिन्न शक्तिपी, देवालय जस्तै काठमाण्डौंको गोकर्णेश्वर महादेव,, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसुरीको बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।

आमाको मुख हेर्ने दिनमा आमाको सम्झनामा माता तिर्थमा गएर आमालाई सम्झिने परम्परा जस्तै बुवाको मुख हेर्ने दिनमा उपत्यकाबासी गोकर्णेश्वर महादेव तिर्थस्थलमा गएर आफ्ना बुवाको नाउँमा श्राद्ध गर्नेको ठूलो भिड लाग्ने गर्दछन् । गोकर्णेश्वर महादेवको बारेमा अनेकन आख्याानहरु प्रचलित रहेका छन् जस्मध्ये एक हो ।

सीता स्वयंवरमा रामले शिवको धनुष तोडे, म शिवको लिङ्ग तोड्छु भन्ने मनमा लिई लंकापति रावणले गोकर्ण वनमा १२ वर्षसम्म तपस्या गरे । कठिन तपस्याबाट खुसी भई महादेवले प्रत्यक्ष दर्शन दिदै तपस्याको कारण सोद्धा उनले मागेको पाउने बाचा गराउँदै भनेछन् “म तपाईको लिङ्ग पाऊँ
लिङ्ग जहाँ बिसायो त्यहँि स्थापित हुने हुँदा महादेवले पनि कतै नबिसाई लान आग्रह गरे । रावणले सो कुरा स्वीकार गरी शिवलिङ्ग लंका लान थाले छन् । देवलोकमा ठूलो हाहाकार मच्चिन थाल्यो । लिङ्गविना सृष्टि नै रोकिने भयो भन्ने ठानी वायु रावणको शरीरमा प्रवेश भई पिसाब च्याप्ने व्यथा लगाइदिएछन् । गोकर्णबाट हिँडेका रावण जब भारतको विहार प्रान्त देवधा जिल्लास्थित बाबाधाम पुगे । सोहि त्यहाँ नारायण भगवान् एक ब्राम्हणको भेषमा देखा परेछन् । पिसाबले च्यापेका आतुर रावणले जब ब्राम्हणरुपी नारायणको हातमा राखिदिए । नारायणले चलाखीसाथ शिवलिङ्ग त्यहीँ राखी आफू अन्तध्र्यान भए । यस आख्यानभित्रको दार्शनीक पक्ष भनेको गोकर्ण शिवलिङ्ग नै भारतको बाबाधाम भएको भन्ने अर्थ लाग्छ । यही आख्यानलाई मान्ने हो भने भारतको गयालाई तल्लो दक्षिण गया र नेपालको गोकर्णलाई उत्तर गया भन्ने गरिएको मान्यता अझै पनि विद्यमान छ । त्यसै गरी अर्को आख्यान अनुसार एउटी देह व्यापारी केटीले पेट बोकी दन्तुर नामक एक छोरालाई जन्म दिइछन् । तर धेरै केटासँगको संसर्गबाट जन्मिएको शिशुका बाबु को हो भन्ने स्वयम् देह व्यापारी आमाले समेत थाहा पाउन सकेनछ । ठूलो भएपछि तन्तुर पिताको अभावले छट्पटाउँदै ऋषिको सल्लाह लिन पुगेछन् । पुलह नामका ऋषिको सल्लाह अनुसार गोकर्णेश्वर त्रिवेणीमा तर्पन दिन जाँदा सबै पितृले म तिम्रो पिता, म तिम्रो पिता भन्दै बोलाउन थालेछन् । अलमल र असमञ्जस्यमा परेका दन्तुरलाई भगवान् ब्रम्हाले वास्तविक पिता चिनाई तर्पण दिन लगाइदिएछन् । यसै बेलादेखि गोकर्णमा प्रत्येक वर्ष भाद्रकृष्ण औशीका दिन पिताको देहावसान भइसकेकाले श्रद्धा भक्तिपूर्वक श्राद्ध गर्ने गर्दछन् भने नेवार समुदायमा जीवित पितालाई मुख हेर्ने दिन उसिनेको अण्डा, सिंगो माछा, मासको बारा, मासुको परिकार, जाँड रक्सी, दही उपहार सगुन दिएर सम्मान दर्शाउने गरिन्छ ।

पुरानो पशुपति वा उत्तरगयाको उपनामबाट प्रख्यात गोकर्ण, काठमामडौंको बौद्धदेखि ५ किमी पर सुन्दरीजल जानेबाटो पर्छ । गोकर्ण भएर नै सुन्दरीजल जाने बाटो अगाडि बढेको छ । त्रिवेणी नदीको किनारामा स्थापित खपटे छानायुक्त पेगोडा शैलीको मन्दिर राष्ट्रदेव पशुपतिनाथ भन्दा प्राचीन मानिन्छ । प्राचीन पशुपति हेर्नुछ भने गोकर्ण जानु भन्न उखानले पनि उक्त आख्यानलाई प्रमाणित गर्दछ । भारतका तिर्थस्थल जानुअघि पितृ श्राद्ध गरी शरीर शुद्धि गरेर विदाई लिने प्रचलन रहेको छ। गोकर्णेश्वर महादेव लंकापति रावणले स्थापना गराएको विश्वास गरिन्छ । मन्दिरको पूर्वी भ¥यांगबाट देवस्थल वरिपरि बुद्ध, राम लक्ष्मण, सीता, कृष्ण, सरस्वती, लक्ष्मी, भैरवी बलभञ्जन पाण्डे, विषणु, ब्रम्हा, नन्दी भृङ्गगीका मूर्ति क्रमशः सजाइएका छन् । त्यसैगरी मन्दिरमा नेपालको झण्डा बोकेको वायुदेव, सीता, दुर्गा, गौरी , मञ्जुश्री, गंगा, बासुकी नारायण, कामदेव, धन्वन्तरी,चन्द्र, सूर्य, गणेश, हनुमान् मूर्तिले गोकर्णेश्वर तीर्थलाई धार्मिक तथा पुरातात्विक सम्पदाको फूलबारी बनाएको छ । प्राप्त शिलालेख अनुसार मन्दिरमा झिंगटीको छाना ने.सं. ५०२ मा गोपिरन भारो श्रेष्ठले राख्न लगाएका हुन् । भने मन्दिर वरिपरिका भग्नावेशषमा पीपल उम्रिएको जीर्ण देवस्थल छरपस्ट देखिनुले देवस्थलको पुरातात्विक प्राचीन अस्तित्व रहेको प्रमाणित गर्दछ ।

गोकर्ण वन र लंकापति रावण
दश टाउके रावणद्धारा १२ वर्षसम्म तपस्या गरी महादेवबाट तिनैलोकको सर्वाधिक शक्तिशाली राजा बन्ने वरदान प्राप्त गरेको ऐतिहासिक वनलाई हाल गोकर्ण सफारी वनको नामबाट चिनिन्छ । गोकर्णेश्वर महादेवस्थानबाट पनि छिर्नसकिने गोकर्णपार्क जोरपाटीबाट साँखु जाने बाटो हुँदै जाँदा सहज हुने गर्दछ । तीनसय ३० फिट अग्ला स साना डाँडासहित एक वर्गकिमी क्षेत्रफलमा फैलिएको गोकर्ण सफारीपार्क ठूल्ला पतझड साना सदाबहार रुखले ढाकिएको छ । वनभित्र चित्तल, साम्बर, रतुवा, मृग, चितुवा, बाँदर, मयूरजस्ता पशुपंक्षि देख्न सकिन्छ । गोकर्ण पार्कलाई राणा प्रधानमन्त्री जंगबहादुरले रजनीकुञ्ज नाउँ दिई वनको वरिपरि चारैतिर पर्खाल घेरा दिई बगैंचाको रुपमा सुसज्जित बनाउने अभियान थालेका थिए । जहाँ हाल पिकनिकस्थल बनाइएको छ।

PC: Suraj Belbase

नागपञ्चमी पर्व

जितिया पर्व