Bandipur Nepal

भिजिट नेपालको यसपटको हाम्रो गन्तब्य रहयो, साढे दुई सय वर्ष पुरानो मानिने नेवार संस्कृतिमा लिपिएको बन्दीपुर ।
हाम्रो यस यात्राको सहयात्रीहरु हरेक पल्टभन्दा अलि फरक रहेका छन् । किनकि यस पटकको हाम्रो यात्राका सहकर्मीहरु कुनै पत्रकार साथीहरु नभई काष्ठमण्डप स्कुलका सानासाना भाइबहिनीहरु रहेका छन् ।

काठमाडौँबाट बन्दिपुरको यात्राको लागि हामी काठमाडौँको बिशालनगर चोकबाट विहान करिब सात बजे प्रस्थान ग¥यौ । शहरको प्रदूषण र कोलाहललाई पछाडि छोडदै हाम्रो गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो ।

Bandipur, Nepal

साँघुरो घुमाउँरो बाटोहरु पार गर्दै करिब साढे १२ बजेतिर गैरेनी पुगेर हामीले नास्ता ग¥यौ । चिया र नास्ता गरेर एकैछिनको विश्रामपछि आफ्नो गन्तव्यतिर अघि बढ्यौं । गाडीको चालकले गाडी आफ्नै रफतारमा गुडाउडै थियो भने हामी झ्यालबाट देखिने मनोरम दृष्यमा रमाउँदै थियौ । पृथ्वी राजमार्गको डुम्रे कटे लगत्तै पिप्ले भन्ने ठाउँबाट बाटो छुट्टिएर उकालो लाग्योे ।

गाउँ, वनपाखाका घुम्ती हुँदै बन्दीपुर बजार आइपुग्यौ । मोटरबाट झट्ट ओर्लिदा भक्तपुरको कुनै टोलमा पुगेको भान हुदोरहेछ । सडकको दायाँबायाँ टम्म मिलेका घरहरु छन् । दक्षिण मोहडाका घरहरुमा तलतिर दलान त्यसकोमाथि घाम ताप्ने बार्दली र फूलका गमलाहरु लहरै देखिन्छन् । उत्तर मोहडाका घरहरुमा पसलका लहरहरु छन् । ढुङगाले छापेको सडक र स्लेटले छाएको घरका दुइपाखे छानोले विशेष चित्रकारी रंग दिएको छ बन्दिपुर शहरलाई । काठका कलात्मक झ्यालहरुले नेवार शहरको वास्तुकलालाई सहजै झल्काउँछ ।

Bandipur Nepal

बेसी र टारको बाहुल्य भएको तनहुँ जिल्लाको प्रायबीच भागमा सलक्क उठेको पहाडी भूभागको दम्सिलो थाप्लोमा अवस्थित छ बन्दीपुर । बन्दीपुर तनहुँको पुरानो सदरमुकाम सहर हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारिक नाकाको रुपमा रहेको थियो । तनहँु, कास्की लमजुड. र गोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रुपमा यो नाकाको विकास भएको हो ।

वि.सं.२०२५ मा तनहुँ जिल्लाको सदरमुकामलाई दमौलीमा सारिएको थियो । लामो यात्राले थाकेका हामीहरु बन्दीपुरको पहिलो दिन भने खाना खाएर आराम गर्नतिर लाग्यौ ।
बन्दीपुर पुगेको दोस्रो दिन हामी विहानै उठेर होटेलमा बिहानको नास्ता गरेसँगै बन्दीपुर भ्रमणको लागि तयार भयौ । बन्दीपुरको भ्रमण हामीले तीनधाराबाट गयौं । त्यस लगत्तै हामी खड्गदेवी मन्दिरको दर्शन गर्न पुग्यौ । बन्दीपुरकोबारेमा जानकारी दिदै होटेल अर्गानिक होमका प्रवन्ध निर्देशक आशुतोष प्रधान जानकारी दिनुभयो ।
बन्दीपुरको टुँडिखेल काठमाडौँको भन्दा ३०० मिटर होचो, १०३० मिटरको उँचाइमा छ । भूबनोटका हिसाबले तनहुँको ८० प्रतिशतभन्दा बढी भूभाग १००० मिटरभन्दा होचो बेसी, टार र औले भूभागले आगटेको छ ।

Bandipur Nepal

टुँडिखेलमा एकैछिन काष्ठमण्डप स्कुलका विद्यार्थीहरुले फुटबल खेलेर रमााए । बन्दीपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर लाडटाड.,गणेश,गोरखा मनास्लु, हिमचुली तथा बौद्धसहित, अन्नपुर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल फेददिेखि टुप्पोसम्मै देखिन्छ । तलतिर मस्र्याडदी नदीले बनाएका उपत्यका हेर्दा कुनै भ्युटावरमा बसेर दृश्यावलोकन गरिहेका छौ भन्ने लाग्छ । यहाँ पुगेर बल्ल बुझ्न सके कि बन्दीपुरले प्राकृतिक भ्यु टावरको उपमा किन पायो ?
यहाँको टुँडिखेलबाट उत्तरतिर हेर्दा ५०० मिटरको होचो उपत्यकामा बगेकी मस्र्याङदी र टाढा टाढासम्म फैलिएका टार र फाँटहरु देखिन्छ । त्यहाँबाट क्रमैले उठ्दै गएको पहाडी भूमि क्षितिजमा हिमशृङखला र तिटनका शिखरहरुमा पुगेर टुङगन्छन् ।

यसरी ५०० मिटरको बेसीदेखि ८००० मिटरका चुचुरासम्मको दृश्यावलोकन, त्यो पनि धौलागिरिदेखि लाङटाङसम्म मुन्टो नघुमाइकन आँखाको नानीले टिप्न सक्ने ठाउँ विरलै छन् हामीकहाँ । कुहिरो लागेको विहानी छ भने कुहिरोको अनन्त सागरमा सेता हिमालहरु सतहमा तैलिएका पानीजहाज जस्ता देखिन्छन् ।
बन्दीपुरबाट दुई घण्टा हिँडेर पातालीद्धार वा स्वर्गद्धारी गुफा पुग्न सकिन्छ । यहाँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दीपुर वरिपरि डाँडा हाईकिडका दृष्टिले पनि उपयुक्त मानिन्छ । बन्दीपुर प्याराग्लाइडिडका लागि पनि चर्चित छ ।

११५० मिटर उचाइमा रहेको भञ्ज्याड. चौतारा, बुरुञ्चे डाँडाबाट ग्लाइडरहरुले तल फाल हाल्ने गर्छन । पोखराका कम्पनीहरुले यहाँको प्याराग्लाइडिडको व्यवस्थापन गरेका छन् । सेती नदीमा राफ्टिड. गर्न दमौली आउनेहरुले पनि बन्दीपुरमा एक दिन बास बस्ने गरेका छन् ।

बन्दीपुरको अवलोकनपछि हामी आआफू बसेका स्थानमा आएर नास्ता गर्यौ । एकैछिनको विश्रामपछि आसुतोसले काष्ठमण्डप स्कुलका विद्यार्थीहरुलाई सिल्क फम र बाख्रा पालन क्षेत्रमा लिएर गए । यहाँ विद्यार्थीहरुले यसबारे विस्तृत रुपमा जानकारी संकलन गर्ने मौका पाए ।

Bandipur Nepal

बन्दीपुरमा थानीमाई लगायत विभिन्न ऐतिहासिक पक्षहरुको अवलोकन गर्न पाउँदा हामी अत्यन्तै रमाएका थियौ । बन्दीपुरको वनस्पतिमा वरपीपल, आँप, चिलौनेका, वृद्ध वृक्षभरी लटरम्म झाङगएिका सुनाखरीहरु हुन् । सुनाखरी, सुनगाभा, चाँदीगाभा आदि प्रख्यात अर्किडफूलहरु बढू रुखको वुइ चढेर बसेको देख्दा मन त्यसैत्यसै रमाइरहेको थियो । बूढारुख काट्दा यीनको विनास भइरहेको छ । बन्दीपुर सुुन्दर र शान्त छ बदी र बन्दुक । त्यहाँं १ २ दिन भुलेर फर्कदा विद्यार्थीहरु फ्रेस भएको अनुभव गरिरहेका थिए ।
नेपाल र नेपालीलाई नजिकबाट नियाल्दैे यो बन्दीपुरको यात्रामा विद्यार्थीहरु निकै खुशी भएका थिए । यहाँबाट पलायन भएका साहुहरु तनहुँ र चितवनका बजार बस्ती मात्र हैन काठमाडौ र पोखरामा पनि धनाढ्य छन् । तिनका पुख्यौली घरहरु मात्रै नभई सम्पूर्ण बन्दीपुर नै साहित्यकार भवानी भिक्षुको कथाको पात्र झै त्यो फेरी फर्कला भनी प्रतिक्षारत देखिन्छ । बन्दीपुरको भविष्यलाई इतिहासमा खोज्नु वर्तमानको भूल हुने छ । स्वच्छ एवं स्वस्थकर हावापानी, रमणीय दृश्यावलोकन, साँस्कृतिक अभिब्यञ्जन, सुलभ पूर्वधार बाटो, विजुली, खानेपानी र टेलिफोनको सुविधा तथा काठमाडौको पोखरा र नारायणगको समुद्री र सामीप्यले गर्दा आन्तरिक पर्यटनको सम्भाव्यता यसै छर्लङ छ । बन्दीपुरको बजारको पहिचान नै पुराना घरहरु हुन् । मुख्य बजार क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरेर यस्ता घरहरुको संरक्षण गरिएको छ । बन्दीपुरमा अधिकांश िनेवार समुदायका मानिसहरुको बसोबास पाइन्छ, जुन समुदायहरु भक्तपुरबाट व्यापारका लागि त्यँहा पुगका स्थानीयहरु बताउँछन् । पहाडी दृश्य र पैदल यात्राका लागि पनि बन्दीपुर उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दे बन्दीपुरे सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । मध्यजेठदेखि मध्य असारसम्म आउने आगन्तुकको बजारमा मानिसले मात्र होइन, बाटैभरि चौबीस जातिका सुनगाभाले पनि स्वागत गर्छन ।

pc: ImagePasal.com

मनै लोभ्याउने नमोबुद्ध

नेपालको समृद्धिको लागि कृषि पर्यटन ।