Bisket Jatra – Thimi

बैशाख १ गतेको दिन विक्रम संवत् अनुसारको नयाँ वर्ष हो साथै वर्ष शुभारम्भ दिन हो । यस दिनलाई सम्पूर्ण नेपालीहरुले नयाँ वर्षको एक चाडका रुपमा मनाउने गर्दछन् । नयाँ वर्षको दिन कुनबुँ(कोइरालो), खाइच्वच्प(कुइरो), खाइवःसिचुली( तीतो आलुबखडाको मुना), लैंसु(सुकाएको मुला), लैंसी(मुलाको फूल) कःछें(सानो ठूलो केराउ) निहः(नीमको पात), प्याज छाःचा(छ्यापी) र चामल भुटेर आएको पीठो राखी बनाएको क्वाँटी खाँदै बैखाश १ गते उपत्यकावासीले खाइसल्हु (तीतोे संग्रान्ते)को रुपमा मनाउँदै आइरहेको छ । बौद्ध योजतन्त्रमा उल्लेख भएअनुसार यसरी तीतो परिकारसहितको क्वाँटी वआनाले बर्सेनि पेटमा उत्पन्न हुने हानिकारक कीराको नाश गरी पेट सफा हुनुका साथै सम्पूर्ण विकास नष्ट हुने विश्वासका साथ आज पनि यो परिकार खाने गर्दछन् ।

बैशाख १ गतेका दिन उपत्यकाभित्रका विभिन्न ठाउँहरुमा जात्रा पर्वहरु पनि मनाउँदै आइरहेको छ । यो वर्षको हामीले जात्रा पर्वको जानकारी दिन क्रममा भक्तपुरको विष्का जाजा, मध्यपुर थिमीको बोडेमा जिब्रो छेड्ने जात्राको बारेमा जानकारी दिने प्रयास गरेका छौ । यो दिन नेपालका धेरै ठाउँमा नयाँ वर्षको नाममा मेला, महोत्सव, विभिन्न जात्रापर्वहरु मनाउने गर्दछन् । साथै यो दिन नेपाली समुदायको एक सामान्य पर्वका रुपमा नै रहेको छ ।
सौर्यमासका आधारमा मनाइने देशको एकमात्र जात्रा भक्तपुरको माख्योमा चैत्र मसान्तका दिन नागपताकासहित लिङ्गो उठाई र वैशाख १ गते (खाइसल्हु) का दिन लिङ्गो ढाली मनाउने गर्दछन् । विसिका नाग मरेपछि मनाउन थालिएको विस्काजात्रा मनाएन थालिएको हो । यो जात्रा भक्तपुरको अलावा मध्यपुरको थिमी, टोखा, फुटुड. गोकर्ण लगायतका ऐतिहासिक बस्तीहरुमा पनि एकसाथ मनाइन्छ । अन्य जात्रामा भन्दा विष्का जात्राको लिङ्गो उठाउने आख्यान विचित्रको रहेका छ ।

photo credit: imagepasal.com

आख्यान अनुसार प्राचीन कालमा भक्तपुरकी रानीसँगको जसले विवहा गरी रात बिताउँथे, उसको मृत्यु हुन्थ्यो । भाइभारदारले रानीलाई पुनः अर्को विवहा गराई राजा घोष्णा गर्थे तर रात बिताएकै दिन राजाको मृत्यु हुन थालेपछि ठूलो हल्ली खल्ली मच्चिन थालेपछि देशमा राजा हुन चाहने ब्यक्ति नै पाउन छोड्यो । एक दिन राजा बन्ने मान्छेको खोजी गर्दै जाँदा एक जना दाउरे फेला पर्यो । तर दाउरेको मनमा एउटा प्रश्न उब्जियो यात्रो ठूलो देशकी रानीसँग विवहाको प्रस्ताव किन आइरहेको छ ? प्रश्नको बाबजुद पनि दाउरेको रानीसँग विवहा हुन्छ । सुहागरातमा दाउरे राजा जब सोचमग्न भई बसिरहेको बेला एक्कासी रानीको नाकबाट सानो सर्प निस्किएर ठूलो अजिड.गरको रुप लिदै गएछ । आश्चार्यचकित राजारले सर्पलाई तिन टुक्रा हुने गरी काटिदिन्छ । यही खुसीयालीमा नाग नागिनीको लास ३२ हाते लिङ्गो उठाएर वि(नाग) र सिका(मारिए) पछि कालान्तरमा विस्का जात्राका रुपमा मनाउन थालिएको हो ।

अर्को आख्यान अनुसार मञ्जुश्रीले नेपाल उपत्यकाको पानी चोभारबाट बाहिर पठाए पनि कालान्तर सम्म यहाँ नाग नागिनीकै बास रहेको कुरा इतिहासका पानामा उल्लेख पाइन्छ । छालिड. राजधानी रहेको बेलामा सिकार खेल्न जड.गल पसेका राजा सूर्यकेतुले एउटा पोखरीको डिलमा मुसाले बिरालोलाई गर्दन समाएर पछारेको देखेछन् । आश्चर्यचकित दृश्य हेरिरहेका राजालाई छुमा गणेशले प्रत्यक्ष दर्शन दिदै भनेछन् राजा जंड.गली विषालु नाग नागिनीका कारण विस्तार हुन नसकेको बस्ती ना नागिनीको संहार गरी विस्तार गर्नू । गणेश भगवान्को आज्ञामुताविक नाग नागिनीको संहार गरी बस्ती विस्तार गरेको खुशीयालीमा विस्का जात्रा मनाउन थालिएको हो । विषालु नाग नागिनीको प्रतिक ३२ हाते लिङ्गोमा झुन्ड्याइने पताहा र राजा सूर्यकेतुको प्रतिकस्वरुप भैरव र भैरवी खेट रहेको जनविश्वास रहेको छ ।

विस्का जात्रा बोडेको जिब्रो छेड्ने
मध्युपुर थिमीको बोडेस्थित शंखकोटमा दिनमा जड.गली र रातभर भूतप्रेतले दुःख दिन थालेपछि सम्पूर्ण देशवासी खेतको बीचमा बस्ती विस्तार गरी बँदे अर्थात खेतको बीचमा बस्ती बसाएछन् । खेतको बीचमा बस्ती राख्दा पनि भूतप्रेत र ख्याकले दुःख दिने र बालबालिका खाइदिन नछाडेपछि पीडित देवपत्तनस्थित तान्त्रिक बन्धुदत्त कर्माचार्यका छोरा भीमदत्तसमक्ष समस्याको समाधानार्थ आग्रह गर्न पुगेछन् । भीमदत्तले बस्तीको चारैतिर तारण छोडी एक महिनासम्म कसैलाई खेत नजान उदी गरे । मनोहरा नदीको किनारैकिनार बोडे पसेका पिशाच तरणमा फसेछन् । लामो जिड.ग्रिड. परेको सुइरोजस्तो कपाल, रातो, लामो मोटोजिब्रो , ठूला ठूला डरलाग्दा आँखा भएका पिशाचलाई पक्रिएर केरकार गर्दा नीलवाराही देवताको दाहिने ख्याक भएको पनि बताएछन् । तान्त्रिक भीमदत्तले तारण बाँधिएकै अवस्थामा ख्याकको कपाल काटी जबर्जस्ी जिब्रोमा सियो घोचेर सजायँ दिनुका साथै भागेर जाला भनी खुट्टामा घुड.गुरु बाँधी काँधमा महाद्धीप बोकाई देश परिक्रमा गराएछन् ।

Photo credit: imagepasal.com

बेइज्जत र वेदनालो खप्न नसकी ख्याकले अबउप्रान्त कसैलाई दुःख नदिने, बरु प्रत्येक वर्ष जिब्रो छेड्न आउने, बोडेवासीलाई रोग, अनिकाल, अनावृष्टि र महााभूकम्प जस्ता प्राकृतिक प्रकोपबाट बचाउनुका साथै एकछाक खान कहिल्यै दुःख नहुने स्थितिको सिर्जना गरिदिने बाचा गरेछन् । बाचा गराई छोडेको भीभदत्त( भिन्दुवा श्रेष्ठ) लाई नीलवाराही अजिमाले सपनामा रिसाउँदै भनिछन् । तिमीले मेरो दाहिने ख्याकप्रति अपमान गर्यौ, म तिमीलाई छाड्नेछैन । सपनाको प्रकोप नपरोस् भनी भीमदत्त( भिन्दुवा श्रेष्ठ)का वंशजले जिब्रो छेड्न र नीलवाराहीमा क्षमापूजा गरी प्रत्येक वर्ष महालक्ष्मीदेवीमा महापूजा चढाउने प्रचलन यद्यपि कायमै रहेको छ । बोडेको भूतप्रेतले थिमी पनि अछुतो रहन सकेन । दैत्येहरुले छोरीचेलीसमेत बेपत्ता पार्न थालेपछि बालकुमारी अजिमाको प्रार्थना गर्दा जिब्रो छेड्ने जात्राकै दिन सम्पूर्ण अष्टमातृका गण जगाउन निर्देशन भएअनुसार पाँचौ गणश, महालक्ष्मी हाँसिमिला खिंप्वा खा न्हुम्ह व्यापारी पुलाम्ह वाराही कालिका, नगदेश सिद्ध गणेश, थिमी विष्णुदेवी लगायतका ३२ खटको विशाल सिन्दुरे जात्रा हुने गर्दछ ।
यसरी वर्षेनि नेपालमा नयाँ वर्षको आगमन सँगसँगै उपत्यकाभित्र तथा बाहिर विभिन्न ठाउँहरुमा जात्रा पर्ववहरु सम्पन्न हुने गर्दछन् । यि सम्पूर्ण पर्वहरुलाई समेटिएर बार्षिक रुपमा नै पर्व क्यालेन्डर बनाएर यसलाई पर्व पर्यटनको रुपमा यस्ता जात्रापर्वहरुलाई प्रवद्र्धन गरेर लग्न सकिने भएकोले पर्यटन क्षेत्रका सम्बन्धित निकायको ध्यानकषर्ण गराउँन चाहन्छु ।

pc: ImagePasal.com

होलीका विभिन्न प्रसंगहरु

मातृऔंसी एवं मातृ दिवस